नुवाकोटका राहत शिविरमा सुविसुको निःशुल्क इन्टरनेट
lokaantar.com

बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराएको छ।
विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकहरूका लागि आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराएको हो।
Read full story at source (lokaantar.com)