भारतलाई हराउँदै उपाधि जित्ने लक्ष्य छ : कप्तान निरुता ठगुन्ना
ratopati.com · Thu May 21 14:54:04 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुन्नाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन् ।
छोटो समयको प्रशिक्षण भएपनि नयाँ र पुराना खेलाडीहरूबिचको उत्कृष्ट समन्वयले टोली सन्तुलित र बलियो बनेको उनले उल्लेख गरिन् । टोलीको तयारीबारे जानकारी दिँदै कप्तान ठगुन्नाले तयारी निकै राम्रो भइरहेको बताइन् । अनुभवी र युवा खेलाडीहरूको समिश्रणले टिममा राम्रो कम्बिनेसन मिलेको र आफ्नो उत्कृष्ट प्रदर्शन मैदानमा देखाउन आतुर रहेको बताइन् ।
Read full story at source (ratopati.com)