भालुको आतङ्कले हैरान हिमाली भेगका किसान
gorkhapatraonline.com · Sun Sep 06 09:41:58 GMT 2026

सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरुको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरुले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो ।
भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका कृषक कृष्णबहादुर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपर्छ, एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ, उहाँले भन्नुभयो । रातभरी भालु धपाउन बारीमा बसेपछि विद्यालयमा आएका विद्यार्थी पनि निदाउने, शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको पिके माध्यामिक विद्यालयका शिक्षक माधव धमलाले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)