जलवायु परिवर्तनको मारमा नेपाल : भोटेकोशी बाढीपछि विश्वसँग जवाफ माग्दै सरकार
onlinekhabar.com · Sun Sep 06 09:52:52 GMT 2026

२१ भदौ, काठमाडौँ। नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो। भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस-रक एभालान्च) का कारण भएको प्रारम्भिक जानकारी दिएका थिए। यसमा थप अनुसन्धान जारी छ।
Read full story at source (onlinekhabar.com)