साङ्गीतिक ब्यान्ड कन्दराले एटलान्टा कार्यक्रम बाढी पीडितमा समर्पित गर्ने
ratopati.com · Fri Aug 28 05:46:30 GMT 2026

काठमाडौँ । हाल अमेरिकाको साङ्गीतिक यात्रामा रहेको ब्यान्ड कन्दराले आफ्नो शुक्रबारको एटलान्टामा हुने प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने बताएको छ । कार्यक्रमलाई कन्दराले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति समर्पित गर्न यसो गर्न लागेको हो ।
कन्दराले अकल्पनीय विपद्प्रति दुःख व्यक्त गर्दै मनोरञ्जनभन्दा मानवीय संवेदना महत्त्वपूर्ण भएकाले कार्यक्रमको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ । ‘देश दुखिरहेको छ। आउनुहोस्, हामी एकजुट बनौँ। शोकलाई शक्तिमा बदलौँ, सङ्गीतलाई सेवामा बदलौँ,’ कन्दराले अपिल गर्दै भनेको छ।
Read full story at source (ratopati.com)