गण्डकी गाउँपालिकामा एघार दिनपछि बत्ती बल्यो
gorkhapatraonline.com · Sun Sep 06 09:59:36 GMT 2026

त्रिशुली नदीमा आएको बाढीले बिद्युत्का संरचनामा क्षति पुर्याएपछि गोरखाको गण्डकी गाउँपालिकामा एघार दिनपछि बत्ती बल्न थालेकोे छ । लामो समयपछि विद्युत् मर्मत तथा पुनः स्थापनाको काम सम्पन्न भएसँगै गाउँपालिकाको प्रभावित क्षेत्रमा पुनः आइतबारबाट बत्ती बल्न थालेको हो ।
बाढीका कारण बिद्युत्का पोल, तार तथा अन्य संरचनामा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा सरकारी कार्यालयसमेत प्रभावित भएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी आचार्यले बताउनुभयो । बाढीले सडक, पुल र विद्युत् संरचनामा क्षति पुर्याएपछि मर्मतका लागि आवश्यक सामग्री तथा जनशक्ति प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिन भएको थियो । प्रतिकुल अवस्था र भौगोलिक कठिनाइका बाबजुद प्राविधिक टोलीले जोखिम मोलेर विद्युत् संरचनामा मर्मत गरेपछि ११ दिनमा सेवा सञ्चालनमा आएको विद्युत् वितरण केन्द्र गोरखाका प्रमुख राम अशिष शाहको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)