'बाँदर आतंक'बाट सांसद आक्राेशित, किसान कसरी हाेलान् प्राेत्साहित ?
shilapatra.com · Thu May 21 15:36:00 GMT 2026

देशैभरका किसानले पछिल्ला केही वर्षयता भोग्दै आएको बाँदरको समस्याबारे संसदमा घनीभूत छलफल हुन थालेको छ । किसानले लगाएको अन्नबाली सखाप पार्ने गरी बाँदरले दिएको दुःखको विषय वर्षौंदेखि उठ्दै आएको थियो । तर, यसपटक सांसदहरू अल्टिमेटम दिएर बाँदरले दिएको दुःखको दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।
मुख्यगरी पहाडीसहितका जिल्लामा पछिल्ला केही वर्षयता बाँदरले किसानलाई खेतीबाली भित्र्याउनै नदिएपछि किसानहरू चिन्तित छन् । किसानको दुःखको विषय प्रतिनिधिसभाको बैठकमा जोडतोडले उठेको छ । बिहीबार एकैदिन केही सांसदहरूले बाँदरको दुःखबाट दीर्घकालीन समाधान निकाल्न सरकारलाई सुझाएका छन् ।
Read full story at source (shilapatra.com)