पकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
gorkhapatraonline.com · Sun Jun 14 11:12:00 GMT 2026

नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तान नेपाल अलुम्नाईसँगको सहकार्यमा नागार्जुन नगरपालिकाको वडा ४ मा ‘निःशुल्क चिकित्सा शिविर’ आयोजना गरेको गरेको छ ।
पाकिस्तानबाट स्नातक गरेका डाक्टरहरूले ज्येष्ठ नागरिक, महिला र बालबालिका लगायत स्थानीय बासिन्दालाई चिकित्सा सेवा प्रदान गरेको पाकिस्तानी दूतावासले जनाएको छ । त्यस अवसरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । स्वयंसेवक चिकित्सकहरूले थोरै बिरामीलाई अन्य अस्पतालमा पनि रेफर गर्नुका साथै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)