अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
barnanmedia.com · Sun Jun 14 11:03:28 GMT 2026

जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।
रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेका जानकारी दिनुभयो । “एक जनाले वार्षिक रूपमा ४५ देखि एक सय ५० मिटरसम्म अल्लोबाट कपडा बनाउँछौँ”, उहाँले भन्नुभयो, “प्रतिमिटर रु पाँच सयदेखि रु सात सय पचासका दरले अल्लो कपडा बिक्री हुन्छ ।”
Read full story at source (barnanmedia.com)