दिल्लीमा चारतले भवन भत्कियाे, ६० जना विद्यार्थी फसेको आशङ्का
ratopati.com · Sun Sep 06 10:28:14 GMT 2026

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। लगातार तीन दिनदेखि भइरहेको वर्षाबिच भवन भत्किएको हो।
आइतबार दिउँसो करिब १ः ३० बजे भवन भत्किएको सूचना पाएपछि दमकल, दिल्ली प्रहरी, दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए), नगर निगम, नागरिक सुरक्षा स्वयंसेवक र राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का टोली उद्धारमा खटिएका छन्।
Read full story at source (ratopati.com)