नविनाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन
saralpatrika.com · Tue Jun 07 08:51:00 GMT 2022
काठमाडौं । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (saralpatrika.com)