सामाजिक सुरक्षा भत्ता पुनरावलोकन गर्न पूर्वअर्थमन्त्री महतको सुझाव
nepalnews.com · Thu May 21 15:20:14 GMT 2026

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा भएको छलफलमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको वित्तीय दायित्व र सार्वजनिक खर्च व्यवस्थापनमा गहिरो संरचनागत सुधार आवश्यक रहेको धारणा प्रस्तुत गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा आयोजित पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा सहभागी महतले सामाजिक सुरक्षा भत्ता प्रणालीलाई लक्षित तथा वास्तविक लाभग्राहीमै सीमित गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार आर्थिक रूपमा सक्षम व्यक्तिहरूले समेत भत्ता प्राप्त गर्ने वर्तमान अभ्यास राज्यको वित्तीय बोझ बढाउने भएकाले यसलाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ।
Read full story at source (nepalnews.com)