लुम्बिनीको बजेट सोमबार आउने
ratopati.com · Sun Jun 14 11:31:53 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सोमबार असार १ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् ।
प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको जनाएको छ ।
Read full story at source (ratopati.com)