खाँडो खोलामा पानी नहुँदा खडेरी
gorkhapatraonline.com · Sun Sep 06 10:42:17 GMT 2026

सप्तरीस्थित खाँडो खोला पानी बग्ने बेलामा सुख्खा मात्र देखिएको छैन, अहिले त्यहाँको दृश्य नै फेरिएको छ । खोला सुख्खा भएकै कारण तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाँ स्थित खाँडो खोलामा अहिले बालबालिका फुटबल खेलिरहेका छन् ।
गत वर्षको खडेरीमा सोही स्थानमा गाउँपालिकाले अस्थायी बाँध निर्माण गरी खेतमा पानी पुर्याएको थियो । अहिले बालबालिकाका लागि यो खेल्ने मैदान बनेको छ । तर, किसानका लागि यही दृश्य चिन्ताको कारण बनेको छ । जहाँ पानी बग्नुपर्ने हो, त्यहाँ फुटबल चलिरहेको छ । जहाँ खेतमा धान हराभरा हुनुपर्ने हो, त्यहाँ पानीको खोजी भइरहेको तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)