आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल
aarthiknews.com

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’ का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् ।
काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटनका क्षेत्रमा अपार सम्भावना बोकेको बताए ।
Read full story at source (aarthiknews.com)