विश्वव्यापी चुनौतीबिच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि
gorkhapatraonline.com · Sun Sep 06 10:54:13 GMT 2026

दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ । शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्डभन्दा पनि बढी हो ।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस वर्षको वार्षिक निर्यात अझै तीन महिना बाँकी रहँदै गत वर्षको सम्पूर्ण निर्यातलाई उछिनिसकेको हो । निर्यातमा देखिएको निरन्तर वृद्धि र बलियो अन्तर्राष्ट्रिय मागका कारण दक्षिण कोरिया यस वर्ष १ ट्रिलियन अमेरिकी डलरको वार्षिक निर्यात हासिल गर्ने दिशामा अघि बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)