चीनले पठाएको ड्रोन बन्यो राहतको आकाशे सहारा, ड्रोनबाट त्रिशूलीमा राहत सामग्री ढुवानी सुरु !
barnanmedia.com · Sun Sep 06 10:48:56 GMT 2026

गत भदौ १० गते आएको विनाशकारी बाढीपछि ठूलो क्षति बेहोरेको त्रिशूली क्षेत्रमा राहत पुर्याउन चीनले नेपाललाई उपलब्ध गराएको ड्रोन प्रयोग गर्न थालिएको छ। सडक तथा पहुँच अवरुद्ध भएका क्षेत्रमा आवश्यक राहत सामग्री छिटो पुर्याउन ड्रोनबाट ढुवानी सुरु गरिएको हो। उक्त बाढीले रसुवा–नुवाकोटसहित त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधन तथा पूर्वाधार क्षति पुर्याएको छ।
नेपालको आवश्यकताअनुसार चीनले पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरण समेत समावेश थिए। चिनियाँ विदेश मन्त्रालय तथा काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती सामग्री सेप्टेम्बर १ मा चिनियाँ वायुसेनाको Y-20 विमानमार्फत काठमाडौं ल्याइएको थियो।
Read full story at source (barnanmedia.com)