मनास्लु पदयात्रा नगर्न जिल्ला प्रशासन गोरखाको आग्रह
gorkhapatraonline.com · Sun Sep 06 10:55:21 GMT 2026

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा बाढीले क्षति पुर्याएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस क्षेत्रमा पदयात्रा नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार जारी गरेको अत्यन्त जरुरी सुचनामा चुमनुब्री –४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जंगल जाने बुढी गण्डकी नदीको झलुङगे पुल समेत बाढीका कारण क्षतिग्रस्त भएको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)