आयल निगमले वैकल्पिक मार्गबाट ३ दिनमा ८७ हजार ८७७ सिलिन्डर काठमाडौं ल्याए
barnanmedia.com · Sun Sep 06 10:52:48 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ३ दिनमा ८७ हजार ८७७ सिलिन्डर काठमाडौं ल्याएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि विभिन्न जिल्लाबाट ग्यास सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था गरिएको छ । निगमको केन्द्रीय कार्यालय, बबरमहलले जारी गरेको सूचना अनुसार काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूका ग्यास सिलिण्डरहरूलाई तराईका विभिन्न जिल्लाका उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।
Read full story at source (barnanmedia.com)