काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : बहालमा लगाउने घर अनिवार्य दर्तादेखि ज्येष्ठ नागरिकलाई पोषण भत्तासम्म (पूर्णपाठ)
arthadabali.com · Sun Jun 14 11:13:18 GMT 2026

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
महानगरले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित तथा नवप्रवर्तनमुखी स्मार्ट सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्दै आधुनिक सहरी विकासलाई गति दिने उद्देश्यसहित विभिन्न क्षेत्रगत कार्यक्रम समेटिएको महानगरले जनाएको छ।
Read full story at source (arthadabali.com)