शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
ratopati.com · Sun Jun 14 12:06:43 GMT 2026

काठमाडौँ।क्लासिकल गायनमा ख्यातिप्राप्त गायक शिव परियारको आवाजमा ‘माया’ (नसोच्नू म हारेर हार्नेछ माया) बोलको गजल सार्वजनिक भएको छ ।गजलकार नृपेश उप्रेतीले ‘मुतकारिब मुसम्मन सालिम’ शास्त्रीय बहरमा लेखेको गजलमा केशव पौडेलको सङ्गीत रहेको छ ।
गायक परियारले यो गजलले सङ्गीत प्रेमीहरूलाई अलग्गै स्वाद पस्किने र स्रोताको मनमा बस्न सफल हुने आशा राखेका छन् । उनले यो गजलको माध्यमबाट नेपाली मूलधारको सङ्गीतप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने प्रयास गरेको बताए । साथै यो गीत गाउन निकै मेहनत गरी आफ्नो उत्कृष्ट दिने प्रयास गरेको पनि परियार बताउँछन् ।
Read full story at source (ratopati.com)