हेटौंडामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु , १६ घाइते
thahakhabar.com
हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।
Read full story at source (thahakhabar.com)