ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
ratopati.com · Sun Jul 05 22:05:27 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमान्चक प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ गोलले स्तब्ध पार्दै नर्वे ऐतिहासिक रूपमा पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न यस रोमाञ्चक खेलमा नर्वेलाई सनसनीपूर्ण जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दोस्रो हाफमा उत्कृष्ट दुई गोल गरे । यस जितसँगै नर्वेले आफ्नो विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण पार गर्दै नयाँ इतिहास रचेको छ भने उपाधि दाबेदार ब्राजिल प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ।
Read full story at source (ratopati.com)