नर्वेसँग स्तब्ध ब्राजिल, चम्किए हल्यान्ड
nepalviews.com · Sun Jul 05 22:05:12 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा पाँचपटकको विश्वविजेता ब्राजिल नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै घर फर्किएको छ । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा अर्लिङ हल्यान्ड चम्किएपछि ब्राजिलसँगको अपराजित यात्रा नर्वेले कायम राख्यो । नर्वे २-० ले विजयी भयो ।
ब्राजिलसँग कहिल्यै पराजित नभएको नर्वेका लागि हल्यान्डले २ गोल गरे । पहिलो हाफ बराबरी हुँदा दुवै गोल दोस्रो हाफमा हल्यान्डले गरे । २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेलाई क्वार्टर फाइनलमा पुर्याउन हल्यान्डले ७९ औँ र ९० औँ मिनेटमा गोल गरे । आजको खेलमा दुई गोल गरेसँगै हल्यान्डले जारी विश्वकपमा ७ गोल गरी गोल्डेन बुटको प्रतिस्पर्धामा आफूलाई एमबाप्पे र मेस्सीसँगै बराबरीमा उभ्याएका छन् ।
Read full story at source (nepalviews.com)