विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
canadanepal.com · Sun Jun 14 12:24:43 GMT 2026

काठमाडौँ -आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन-२०२६ सम्पन्न भएको छ । यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताए ।
उनका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
Read full story at source (canadanepal.com)