त्रिशूली–३ ए को टनेलमा फसेका ४ जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार
ratopati.com · Fri Aug 28 05:57:31 GMT 2026

काठमाडौँ । रसुवाको मैलुङस्थित त्रिशूली–३ ए हाइड्रोपावरको टनेलमा फसेका ४ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शुक्रबार बिहान टनेलबाट ४ जनालाई उद्धार गरेर अस्पताल पठाइएको सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए ।
भोटेकोशीमा आएको बाढीका कारण उत्तरगया र आमाछोदिङमो गाउँपालिकाको सिमानामा पर्ने मैलुङ स्थित हाइड्रोपावरमा कार्यरत कर्मचारी र मजदुर फसेका थिए ।
Read full story at source (ratopati.com)