एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किंग्सको पहिलो जित
ratopati.com · Sun Sep 06 11:56:08 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर्स किंग्सले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको आजको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा हरायो । अन्नपूर्ण २५–२३, २८–२६ र २५–२३ ले विजयी भयो ।
आफ्नो पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग पराजित भएको थियो भने काठमाडौँले मधेस वारियर्सलाई हराएको थियो । यस्तै, बेलुकी ७ बजे कर्णाली शिवराज र खप्तड फालकन्स खेल्दैछन् । आफ्नो पहिलो खेलमा खप्तड सगरमाथासँग पराजित भएको थियो ।
Read full story at source (ratopati.com)