तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
khabarhub.com · Sun Sep 06 11:58:39 GMT 2026

बेइजिङ – चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।
पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन् । पहिरोसँगै आएको बाढीले चीन र नेपाल गरी दुवै देशमा लगभग एक हजार ४०० जनाको ज्यान लिएको छ भने पाँच हजार ५०० भन्दा बढीलाई बेपत्ता बनाएको छ ।
Read full story at source (khabarhub.com)