रसुवाका प्रमुख जिल्ला अधिकारी परियार मन्त्रालय तानिए, पाण्डे नयाँ सीडीओ
lokaantar.com

गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई दुई महिना पनि नपुग्दै मन्त्रालयमा फिर्ता बोलाएको छ ।
उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । परियारको सरुवा भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले पुष्टि गरे । उनको सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको उनको भनाइ छ ।
Read full story at source (lokaantar.com)