बाढी प्रभावितका लागि राहत सहयोग गर्दै हुनुहुन्छ ? यी हुन् सरकारका ९ आधिकारिक क्यूआर
techpana.com · Thu Aug 27 07:40:51 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सामाजिक सञ्जालमार्फत सहयोग गर्न खोजिरहेका नागरिक नक्कली क्यूआर कोडको ठगीमा पर्ने जोखिम बढेको छ । सर्वसाधारणले बाढीपीडितका लागि सहयोग गर्ने माध्यम खोजिरहेका बेला केही व्यक्तिले सरकारको आधिकारिक राहत कोषको पोस्टरबाट सक्कली क्यूआर कोड हटाई आफ्नो खाताको नक्कली क्यूआर कोड राखेर ठगी गर्न थालेका हुन् ।
यसै सन्दर्भमा दाताको सहयोग सही ठाउँमा पुगोस् र ठगीबाट जोगिन सकियोस् भन्ने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएका आधिकारिक ९ वटा बैंक खाता र क्यूआर कोडको विवरण यहाँ उल्लेख गरिएको छ ।
Read full story at source (techpana.com)