लुम्बिनीमा दाताले दिएका करोडौका विद्यतुीय बसमा स्वार्थको राजनीतिः प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चलेर थन्काइएपछि मन्त्रालयले लियो फिर्ता
nepalpress.com · Sat Apr 11 11:02:42 GMT 2026

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा संचालनका लागि दाताले दिएका करोडौंका विद्युतीय बसमा स्वार्थको राजनीति चलिरहेको छ । ६ वर्षसम्म फेरिएका सरकारैपिच्छेका निर्देशन, अनुगमनले अलपत्र परेका यी साधनहरु अहिलेको सरकार आएपछि पुनः संचालनको निर्देशनमा दुई दिन चलेका थिए ।
तर ती विद्युतीय बस लुम्बिनीमा नभएर विभिन्न विमानस्थलमा संचालन गरिने भएको छ । त्यसका लागि बस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषले बस संचालन गर्न नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणाई जिम्मा दिएको हो ।
Read full story at source (nepalpress.com)