मध्यपहाडी राजमार्ग : ३ वर्षसम्म पनि फोडिएन मन्ताभिर, न बन्यो भेरीमा पुल
shilapatra.com · Sat Apr 11 13:53:56 GMT 2026

मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारण रहेको निष्कर्ष निकाल्दै सरकारले आर्थिक वर्ष २०६४/०६५ मा मध्यपहाडी राजमार्गको परिकल्पना गर्यो । संघीय सरकारले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।
तत्कालीन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित यो सडकको परिकल्पना गरिएको थियो । आर्थिक वर्ष २०६९/७० बाट सरकारले मध्यपहाडी राजमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गरेर निर्माणलाई तीव्रता दियो । आयोजनाका अनुसार मध्यपहाडी राजमार्ग बनाउनुको पहिलो उद्देश्य मध्यपहाडका झण्डै ५० लाख नागरिकलाई प्रत्यक्ष सुविधा पुर्याएर यहाँबाट भइरहेको बसाइँसराइ रोक्नु हो ।
Read full story at source (shilapatra.com)