चारकोसे जंगलमा रुखको जराभित्र भेटियो बाबुरामको शव
annapurnapost.com · Mon Jan 24 11:41:00 GMT 2022
विराटनगर : मोरङको केराबारीमा १२ दिनदेखि हराइरहेका एक जना युवकको शव चारकोसे जंगलमा भेटिएको छ। केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो।
प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएपछि भट्टराईको हत्या भएको आशंका गरिएको छ।
Read full story at source (annapurnapost.com)