करेन्ट लागेर युवाको मृत्यु
gorkhapatraonline.com · Thu May 21 18:21:56 GMT 2026

रुकुमपश्चिमको आठबिसकोटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका १३ धारापानी निवासी २५ वर्षीय प्रेम खत्रीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आज (बिहिबार) बेलुका करिब ६ बजे उहाँलाई करेन्ट लागेको हो । घरदेखि करिब एक किलोमिटर टाढा रहेको बिद्युतको पोलमा चढेर बिद्युत मर्मत गर्ने क्रममा उहाँलाई करेन्ट लागेको हो ।
Read full story at source (gorkhapatraonline.com)