प्रतिलाख जीवित जन्ममा १५१ आमाको मृत्यु
lokaantar.com · Mon Mar 27 16:50:42 GMT 2023
नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा नेपालमा पहिलो पटक राष्ट्रिय जनगणनासँगै गरेको ‘मातृ मृत्युसम्बन्धी अध्ययन’ ले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु एक सय ५१ रहेको देखाएको हो ।
नेपालले सन् २०२२ मा प्रतिलाख एक सय १६ जना मातृमृत्यु अनुपातमा झार्ने भनेको थियो । तर राष्ट्रिय जनगणनासँगै सार्वजनिक गरिएको अध्ययनले प्रतिलाख एक सय ५१ देखाएपछि नेपालले सन् २०२२ मा प्रतिलाख एक सय १६ जनामा झार्न नसकेको हो ।
Read full story at source (lokaantar.com)