भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा मृत फेला
barnanmedia.com · Sun Jun 14 14:26:17 GMT 2026

भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा मृत फेला परेका छन्। घटनासँग जोडिएका चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
मृत भेटिएका व्यक्ति भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स आनन्द (यादव) रहेको प्रहरीले जनाएको छ। यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए।
Read full story at source (barnanmedia.com)