प्राकृतिक चिकित्सा अध्ययन गरेका चिकित्सकलाई आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता गराइने
nagariknews.nagariknetwork.com · Fri Jun 05 06:49:34 GMT 2026

प्राकृतिक चिकित्सा विषयमा अध्ययन र इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता गर्ने लगायतका विषयमा प्रक्रिया अगाडि बढाइएको छ। यो प्रक्रिया पूरा भइ कार्यान्वयनमा आएमा सो विधाका चिकित्सकहरूले मान्यता प्राप्त गर्दै स्वास्थ्य सेवाको मुलधारमा समावेश हुनुका साथै सहज रूपमा सेवा प्रदान गर्न सक्नेछन्।
यसका साथै स्वास्थ्यसँग सम्बन्धित परिषदहरूको प्रभावकारिता र समग्र सुधारका लागि स्वास्थ्यसम्बन्धी ६ वटा परिषदहरू, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र प्राकृतिक चिकित्सकको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने तयारी पनि गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)