कांग्रेसभित्र निरंकुशता सुरु भयो : शेखर कोइराला
baahrakhari.com · Sun Jun 14 15:06:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् ।
कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो ।
Read full story at source (baahrakhari.com)