विद्युतीय बस सञ्चालनमा ल्याउन पहल
gorkhapatraonline.com · Sun Apr 12 03:43:18 GMT 2026

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धन र वातावरण संरक्षणका उद्देश्यले करिब पाँच वर्षअघि एसियाली विकास बैङ्कको सहयोगमा ल्याइएका विद्युतीय बस सञ्चालनमा ल्याउने विषयले पछिल्लो समय प्राथमिकता पाउन थालेको छ । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ती बसको प्रभावकारी उपयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालाबिच चासो बढ्दै गएको हो ।
लुम्बिनी विकास कोषले पाँच वटा विद्युतीय बस नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ । हाल ती बस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा राखिएका छन् । बसको व्यवस्थापन तथा सञ्चालनबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)