एउटै बेडमा सुतेका राष्ट्र बैंकका ३ महिला कर्मचारी संक्रमित, अरुलाई कडा लिखित निर्देशन
janaaastha.com · Thu Apr 22 05:45:45 GMT 2021
केही दिनअघि नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको भीभीआईपी गेष्ट हाउसमा दुई रात सुतेका केन्द्रीय कार्यालय बालुवाटारका तीन जना महिला कर्मचारीमा कोरोना पुष्टि भएको छ । बिदा मनाउन नेपालगञ्ज हुँदै रारा घुमेर आएपछि उनीहरूमा कोरोना देखिएको हो । त्याेसँगै बैंकमा दाेस्राे लहरकाे काेराेना फैलिएकाे भन्न थालिएकाे छ ।
बैंकको नेपालगञ्ज कार्यालयका एकजना अधिकृतका अनुसार तीनै जना महिला रारा जाँदा र फर्कंदा दुइ रात बैंक गेष्ट हाउसको माथिल्लो तल्लाको कोठा नम्बर १ मा सँगै पल्टेका थिए । प्रायः गभर्नर,डेपुटी गभर्नर र ठूलाबडाको निम्ति आरक्षित उक्त कोठाको किंग साइजको बेडमा तीन जना सुतेका कारण एउटाबाट अर्कोमा संक्रमण सजिलै सरेको बताइन्छ ।
Read full story at source (janaaastha.com)