बाढी प्रभावितका लागि बिद्यार्थीले जुटाए तीन लाख ४५ हजार
gorkhapatraonline.com · Sun Sep 06 14:45:04 GMT 2026

। नेपालगन्ज उपमहानगरपालिका –१० स्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलका बिद्यार्थीले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित नागरिकका लागि तीन लाख ४५ हजार ७७१ रुपियाँ सहयोग जुटाएर प्रदान गरेका छन् ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवस्थापनको सामूहिक पहलमा संकलित सो राहत रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि रकमको चेक शनिबार प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई बिद्यालयको तर्फबाट हस्तान्तरण गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)