एनभीएलमा कर्णाली शिवराजकाे लगातार दाेस्राे जित
ratopati.com · Sun Sep 06 14:51:04 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा कर्णाली शिवराजले लगातार दोस्रो जित निकालेकाे छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा कर्णालीले खप्तड फालकन्सलाई ३-० काे साेझाे सेटमा हरायाे । कर्णाली २५- १९, २५-१९ र २५-१९ काे सेटमा विजयी भयाे ।
आफ्नो पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर्सलाई हराएको थियो भने खप्तड सगरमाथा स्म्यासर्ससँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा हरायो ।
Read full story at source (ratopati.com)