भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु
rajdhanidaily.com · Sun Sep 06 15:01:35 GMT 2026

काठमाडौं । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनः सुरु भएको छ । गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो ।
नित्य प्रवचन हुँदै आएको हनुमानढोका दरबार क्षेत्रको उत्तर दलान पुनःनिर्माण सम्पन्न भएपछि यही भदौ १४ गतेदेखि श्रीमद् भागवत भक्ति ज्ञान महायज्ञमार्फत ११ वर्षपछि कार्यक्रम सुरु गरिएको हो । भदौ २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने र त्यसै क्रममा दैनिक दुईदेखि तीन घण्टासम्म नित्य प्रवचन कार्यक्रम पनि सञ्चालन भइरहेको गुठीका अध्यक्ष पण्डित मधुसुदन पौडेलले जानकारी दिए।
Read full story at source (rajdhanidaily.com)