सेनाको संख्याबारे राष्ट्रिय सहमति हुनुपर्ने एमाले सांसद तामाङको माग
kathmandupati.com · Fri Jun 23 16:17:52 GMT 2023
काठमाण्डु – प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङले नेपाल एयरलाइन्सको प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै सांसद तामाङले नेपाल एयरलाइन्सलाई सुधार गर्नको लागि योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने धारणा राखेका हुन् । पछिल्लो समय नेपाल एयरलायन्सको नेतृत्वका कारण एयरलाइन्स समस्यामा पर्दै गएपछि सांसद तामाङले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखेका हुन् ।
उनले नेपाल एयरलायन्स आर्थिक रुपमा नाजुक अवस्थामा पुगेको बेला पर्यटनमन्त्रीले ४०/५० जना कर्मचारी करारमा नियुक्त्ति गर्नु गलत भएको बताए । सांसद तामाङले पर्यटन मन्त्रालयले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै योजना नल्याएको भन्दै विरोध समेत जनाए । उनले पर्यटनमन्त्रीको आफ्नो एक दुई वडामा जति पनि उनको मन्त्रालयले सुदुरपश्चिममा बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।
Read full story at source (kathmandupati.com)