फास्ट ट्र्याकको प्रस्थानविन्दु अझै टुंगिएन
annapurnapost.com · Mon Jul 06 01:39:42 GMT 2026

काठमाडौं : राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको प्रस्थानविन्दु (स्टार्टिङ प्वाइन्ट) अझै टुंगो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब ४९ प्रतिशत पुगिसकेको भए पनि प्रस्थानविन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको छ । प्रस्थानविन्दु खोकनामै रहने कि फर्सिडोल सार्ने भन्नेमा विवाद छ।
नेपाली सेनाको आग्रहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका इन्जिनियरहरूले अध्ययन गरी ६ वटा विकल्पसहितको संशोधित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेका छन्। नेपाली सेनाले केही दिनअघि उक्त डीपीआर रक्षा मन्त्रालयमा बुझाएको छ। डीपीआरमा विवादित क्षेत्रको विकल्पसहित प्रस्थानविन्दु कहाँ र कसरी निर्धारण गर्न सकिन्छ भन्ने विभिन्न प्रस्ताव समेटिएको छ। यसअघि तयार गरिएको डीपीआरमा छुटेका प्राविधिक विषयसमेत नयाँ प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ।
Read full story at source (annapurnapost.com)