एलजीले बुटवलमा एसेन्शियल सिरिज घरेलु उपकरण सार्वजनिक गर्यो
hamrakura.com · Mon Jul 06 00:00:00 GMT 2026
बुटवल। एलजी इलेकट्रोनिक्स सिंगापुर प्रालिले आफ्नो आधिकारिक वितरक सिजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला एलजी एसेन्शियल सिरिज सार्वजनिक गरेको छ। बुटवलस्थित सिद्धार्थ कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको हो।
“हरेक घरको खुसी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्शियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ ।
Read full story at source (hamrakura.com)