पहिलो हाफमा इंग्ल्याण्डको २-१ को अग्रता
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत मेक्सिको सिटीको ऐतिहासिक एज्तेका स्टेडियममा भइरहेको रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफको खेल सकिएको छ। खेलको पहिलो हाफसम्म इंग्ल्याण्डले आयोजक मेक्सिकोमाथि २-१ को महत्त्वपूर्ण अग्रता बनाएको छ।
खेलमा ६ मिनेटभित्र भएका तीन गोलले खेललाई नाटकीय मोड दिएको हो। इंग्ल्याण्डका लागि जुड बेलिङघमले मात्र ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्याएका थिए। ३६ औँ मिनेटमा बुकायो साकाको पासमा डाइभिङ हेडरमार्फत पहिलो गोल गरेका बेलिङघमले ३८ औँ मिनेटमा ह्यारी केनको सहयोगमा व्यक्तिगत दोस्रो गोल थपेका थिए।
Read full story at source (lokaantar.com)