राष्ट्रिय सभाको बैठक बस्दै, मन्त्रीहरूले सांसद्को प्रश्नको जवाफ दिने
corporatenepal.com · Mon Jul 06 02:01:32 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक अपराह्न १२:१५ बजे सुरु हुनेछ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । कार्यसूचीअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय तथा सञ्चार र सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका विषयमा मन्त्रीहरूले स्पष्टीकरण दिनेछन् ।
Read full story at source (corporatenepal.com)