एनसेल एपमा अब ‘पुलिस रिपोर्ट’ सुविधा
arthasansar.com

निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा ग्राहकको आवश्यकता हेरेर नयाँ सुविधा थपेको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्छन् ।
यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
Read full story at source (arthasansar.com)