सुदूरपश्चिमका प्रहरीले जाँड धेरै खान्छन् ?
thahakhabar.com
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज(बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले यस्तो बताएका हुन्।
उनले भने, ‘सुदूरपश्चिमको प्रहरी अनुशासित छैन, जाँड धेरै खान्छ भन्ने बाहिर हल्ला छ। अहिले पनि बाहिरतिर सुदूरपश्चिम राम्रो छ जानुपर्छ भन्ने छ। हामीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले नै गर्नुपर्छ, त्यसमा म लागेको छु।’
Read full story at source (thahakhabar.com)